भूकम्पको ९ वर्षपछि धरहरा खुला (तस्वीरहरू)

अर्को व्यवस्था नहुँदासम्म सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउनेछन् । धरहरा खुला गरिएपछि उल्लेखनीय संख्यामा मानिसहरू भेला भएका छन् ।

भूकम्पको ९ वर्षपछि धरहरा खुला (तस्वीरहरू)
फाइल तस्वीर

काठमाडौं । भूकम्प गएको ९ वर्षपछि सर्वसाधारणले धरहरा चढ्न पाएका छन्  । संविधान दिवसको अवसर पारेर बिहीबारदेखि धरहरा चढ्न खुला गरिएपछि भीड लागेको छ ।

पुरानो धरहरा २०७२ को भूकम्पले ढलेको थियो । त्यही ठाउँमा अर्को धरहरा बनाएर खुला गरिएको हो ।

अर्को व्यवस्था नहुँदासम्म सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउनेछन् । धरहरा खुला गरिएपछि उल्लेखनीय संख्यामा मानिसहरू भेला भएका छन् ।

यसले ऐतिहासिक धरहाराप्रतिको लगाव र चासोलाई प्रदर्शित गरेको देखिन्छ । परीक्षणका रूपमा धरहरा चढ्न खुला गरिएपछि लागेको भीडको केही दृश्यहरू ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved