सहकारी क्षेत्रमा विवाह, पुनर्विवाह, अंशबन्डा सबै ‘फेक’ गरिन्छन् : सभापति थापा

नेपालभ्युज

सहकारी क्षेत्रमा विवाह, पुनर्विवाह, अंशबन्डा सबै ‘फेक’ गरिन्छन् : सभापति थापा

काठमाडौं । सहकारी ठगी छानबिनका लागि बनेको संसदीय समितिका सभापति सूर्य थापाले नेपालका सहकारीले ‘फेक’को बिगबिगी खेपिरहेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समितिले बनाएको प्रतिवेदन पेस गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।

“सहकारी क्षेत्रले ‘फेक’ नक्कलीको बिगबिगी खेपिरहेको छ । यहाँ विवाह, अंशबन्डा, पुनर्विवाह, साधारणसभा, प्रतिवेदन, शेयर सदस्य, ऋणी, खाता, लेखा परीक्षण सबै सबै फेक छन्,” उनले भने, “यहाँ सहकारीविपरीतका क्रियाकलाप छन् ।”

सभापति थापाले गठन भएयता समितिको ५६ वटा बैठक बसेको जानकारी दिए । “त्यस क्रममा ४७ जना आरोपितसँग त सोधपुछ नै गरियो,” उनले भने ।

  • सम्बन्धित समाचार

रवि सहितलाई दोषी देखाइएको सहकारी छानबिन समितिको प्रतिवेदन सदनमा पेश


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved