सहकारी छानबिन समितिको प्रतिवेदन सदनमा पेश

नेपालभ्युज

सहकारी छानबिन समितिको प्रतिवेदन सदनमा पेश

काठमाडौं ।  सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसदमा पेश भएको छ ।

समितिका सभापति सूर्यबहादुर थापाले प्रतिनिधिसभाको जारी बैठकमा प्रतिवेदन पेश गरे ।

थापाले समितिले ४५१ जनासँग छलफल गरेको जानकारी गराए । १४ वटा बैठकमा आरोपित ४७ जना र गोर्खा मिडियाका ५५ जनासँग छलफल गरेको उनले सुनाए ।

समितिले ४० वटा सहकारी संस्थाको सहकारी अपचलनको विश्लेषणात्मक अध्ययन गरेको छ ।

छानबिन विशेष समितिले सहकारीमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित जोडिएको प्रतिवेदन तयार गरेको छ ।

कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, रवि लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको भेटिएको बताइएको छ । लामिछानेले सहकारीको रकम दुरुपयोग गरेको प्रमाण खोज्दै आएका छन् । छानबिन समितिले उनको दोष पुष्टि हुने प्रमाण रहेको दाबी गरे पनि प्रस्ट किटान गरेको छैन ।

बैंकमा संयुक्त खाता सञ्चालन गरेका जीबी, रवि र छविले सहकारीबाट गोर्खा मिडियामा आएको रकम चेक काटेर खर्च गरेकोलगायतका  प्रतिवेदनमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved