एमालेले भन्यो- संसद् चल्न नदिए माओवादीलाई नै क्षति हुन्छ, सभामुखको रुलिङ मान्नुपर्छ

नेपालभ्युज

एमालेले भन्यो- संसद् चल्न नदिए माओवादीलाई नै क्षति हुन्छ, सभामुखको रुलिङ मान्नुपर्छ

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) ले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संसद् चल्न दिनुपर्ने बताएको छ ।

आइतबार सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएपछि एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले भने, “माओवादीले हाउस चल्न दिनुपर्छ । यदि चल्न नदिए माओवादीकै क्षति हुन्छ । यो कुरा उहाँहरूले बुझ्नुपर्छ ।”

बर्तौलाले सभामुखले गरेको रुलिङ सबै सांसदले मान्नुपर्ने बताए । “सभामुखको निर्णविरुद्ध विरोध गर्ने उहाँहरूले निर्णय गर्नुभयो । सभामुखको रुलिङ हरेक सांसदले मान्नुपर्छ । त्यो नियम सभामुखले मात्रै बनाएको होइन । त्यसको खिलापमा गएर माओवादीले हाउस चल्न नदिने निर्णय गर्‍यो । यसले माओवादीलाई नै घाटामा पुर्‍याउँछ,” उनले भने ।

बर्तौलाले आजको बैठकमा सभामुखसँगै अरु दलका प्रमुख सचेतकहरूले माओवादीलाई संसद् अवरोध गर्ने निर्णयबाट पछाडि फर्किन आग्रह गरेको सुनाए । “उहाँलाई सम्माननीयज्यूले र सबै दलका प्रमुख सचेतकहरूले निर्णयबाट पछाडि हट्न आग्रह गर्नुभएको छ । आशा छ, उहाँहरूले पुनरावलोकन गर्नुहुनेछ र हाउस चल्नेछ,” उनले भने ।

सभामुखले माओवादीलाई १ घण्टाको समय दिएका छन् । बैठकमा सहभागी भएका माओवादीका प्रमुख सचेतक हितराज पाण्डे सभामुखको आग्रह लिएर संसदीय दलको बैठकमा गएका छन् । तर, उनले भने संसद्को अवरोध नहट्ने बताएका छन् ।

“छलफलकै क्रममा छौँ । माओवादी केन्द्रले जुन विषयवस्तु उठाइरहेको छ, खाली शब्दमा मात्रै होइन, समग्र जनयुद्धको भाव र त्यहाँको विषयवस्तससँग सम्बन्धित छ । त्यसैले माओवादीले अवरोध गर्ने निर्णय गरेको छ,” पाण्डेले भने ।

  • सम्बन्धित सामग्री

सभामुखसँगको छलफलपछि माओवादीले भन्यो- जनयुद्ध शब्दमा मात्रै नभइ भावमाथि प्रश्न छ, संसद् अवरोध हुन्छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved