प्रधानमन्त्रीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता

नेपालभ्युज

प्रधानमन्त्रीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् । बिहीबार सिंहदरबारमा मन्त्रीहरुसँग सम्झौता भएको हो ।

कार्यसम्पादन सम्झौतामा मन्त्रालयहरुले आर्थिक वर्ष २०८१/८२ मा गर्नुपर्ने प्रमुख काम र समयसीमा उल्लेख छ । मन्त्रीहरुले सम्झौता अनुसार काम गरेको वा नगरेको आधारमा समीक्षा हुनेछ ।

कार्यसम्पादनमा चार वटा खण्ड छ । जसमा सरकारको पहिलो १०० दिन अर्थात् कात्तिक ६ गतेसम्म सम्पन्न गरिने प्रमुख कार्य र उपलब्धिलाई उल्लेख राखिएको छ ।

दोस्रो खण्डमा माघ १७ गतेसम्म गरिने प्रमुख कार्य र उपलब्धि उल्लेख छ । तेस्रोमा आर्थिक वर्षको बाँकी समयमा हुने कारबाहीको विषय समेटिएको छ । र, चौथोमा अनुगमन तथा अन्य बुँदा छन् ।

यस्तै, प्रधानमन्त्री ओलीले मुख्यसचिवसँग पनि कार्यसम्पादन सम्झौता गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved