रेकर्ड बनाएर घट्यो सुनको मूल्य

नेपालभ्युज

रेकर्ड बनाएर घट्यो सुनको मूल्य

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा १ सय रूपैयाँले घटेर १ लाख ५३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको १ लाख ५३ हजार ४ सय रूपैयाँमा कारोबार हुँदै अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार चाँदी तोलामा १५ रूपैयाँले बढेर १ हजार ७ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved