ओली भेट्न बालुवाटार पुगे रवि, उपसभामुख रानाबारे धारणा माग

नेपालभ्युज

ओली भेट्न बालुवाटार पुगे रवि, उपसभामुख रानाबारे धारणा माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

सभापति लामिछाने प्रधानमन्त्री ओली भेट्न मंगलबार साँझ बालुवाटार पुगेका हुन् । भेटमा सभापति लामिछानेले प्रधानमन्त्री ओलीसँग उपसभामुख इन्दिरा रानाबारे सरकारको धारणा  मागेको बताइएको छ ।

उनले उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाएर हटाउने चर्चाबारे जिज्ञासा राखेको स्रोतले जनाएको छ । उनको जिज्ञासामा  ओलीले संसदमा उठेको विषय संसदबाटै हल गर्नुपर्ने बताएको स्रोतको दाबी  छ ।

उपसभामुख रानाले डेढ वर्षअघि अमेरिकी दूतावासलाई आफूसँगै अमेरिका जाने पाँच जनाको अन्तर्वार्ता मिति चाँडो राखिदिन पत्र लेखेको विषयलाई लिएर मंगलबार प्रतिनिधि सभा बैठकमा  सत्तापक्षका सांसदले राजीनामा मागेका  थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved