भारतको जिरिबाममा झडप, पाँच जनाको मृत्यु

नेपालभ्युज

भारतको जिरिबाममा झडप,  पाँच जनाको मृत्यु

मुम्बई । भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वमा शनिबार भएको झडपमा कम्तिमा पाँच जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् । युद्धग्रस्त म्यानमासँगको भारतको सीमामा रहेको जिरिबाम जिल्लामा भएको पछिल्लो झडपमा पाँच जनाको मृत्यु भएको हो । ‘जिरिबाममा बिहानदेखि नै दुई समुदायबीच झगडा भईरहेको छ । हालसम्म झडपमा पाँच जनाको मृत्यु भईसकेको छ र हामी थप विवरणको प्रतिक्षामा छौं”, एक स्थानीय सरकारी अधिकारीले बताए ।

घटनामा एकजनाको सुतिरहेको बेला गोली हानेर हत्या गरिएको थियो भने अन्य चारजना सशस्त्र व्यक्तिको  गोली हानाहानको क्रममा मृत्यु भएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।

मणिपुर राज्यमा मुख्यतया हिन्दू बहुमत मेइतेई र इसाई कुकी समुदायबीच एक वर्षभन्दा बढी समयदेखि द्वन्द्व बढ्दै आएको हो । द्वन्द्व बढ्दै गएपछि हाल पहिले बसोबास गर्ने समुदायलाई जातीय रेखामा विभाजन गरिएको छ ।

विद्रोही समूहले शुक्रबार गरेको रकेट आक्रमणमा एक ७८ वर्षीया वृद्धको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको थियो । एक स्थानीय सरकारको सूचनामार्फत “विद्यार्थी र शिक्षकहरूको सुरक्षा” का लागि राज्यका सबै विद्यालयहरू शनिबार बन्द गरिने घोषणा गरिएको हो ।

मणिपुरका पूर्व मुख्यमन्त्री स्वर्गीय मैरेनबाम कोइरेङ सिंहको निवासमा रकेट आक्रमण हुँदा एक वृद्ध व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

इन्डियन एक्सप्रेस नामक पत्रिकाले एक अज्ञात सुरक्षा स्रोतलाई उद्धृत गर्दै रकेटहरू गेल्वनाइज्ड फलामको पाइप प्रयोग गरेर बनाइएको “इम्प्रोभाइज्ड प्रोजेक्टाइल” जस्तो देखिने जानकारी गराएको छ ।

शुक्रबारको आक्रमण विद्रोहीहरूले विस्फोटक पदार्थ खसाल्न ड्रोन प्रयोग गरेपछि प्रहरीले राज्यमा हिंसाको उल्लेखनीय वृद्धि“ भएको बताएको छ ।

मेइतेई र कुकी समुदायबीच भूमी र सार्वजनिक रोजगारीको विषयमा लामो समयदेखि द्वन्द्व चलिरहेको छ । अधिकारकर्मीहरूले राजनीतिक लाभका लागि स्थानीय नेताले जातीय विभाजन बढाएको आरोप लगाएका छन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved