प्रकाश सपुतले फेरि ‘जात’सम्बन्धी नै अर्काे फिल्म ‘वसन्त’ बनाउँदै, यस्तो छ फस्टलुक 

नेपालभ्युज

प्रकाश सपुतले फेरि ‘जात’सम्बन्धी नै अर्काे फिल्म ‘वसन्त’ बनाउँदै, यस्तो छ फस्टलुक 

काठमाडौं । गीति फिल्म तथा फिल्ममा जातीय विभेद उठाइरहने प्रकाश सपुतको फेरि अर्को सोही कथामा फिल्म आउँदैछ । उनको आउँदो फिल्म ‘वसन्त’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

प्रकाश सपुतको निर्देशन रहने फिल्मको फस्टलुक पोस्टर हरितालिका तीजको अवसर पारेर सार्वजनिक गरिएको हो ।

पोस्टरमा फिल्मका प्रमुख ५ कलाकारको चरित्र चित्रण छ । कलाकारलाई विद्यार्थीको पोसाकमा देखाइएको छ ।

पोस्टरमा स्वस्तिमा खड्काको पात्रको नाम शान्ति शर्मा, प्रभात पाल ठकुरीको प्रेम आर क्षेत्री, खड्गबहादुर पुन (खबपु)को सत्यबहादुर मगर, प्रकाश सपुतको वसन्त विक र शिवांसी श्रीको सपना विक नाम राखिएको छ । फिल्मको निर्माण कम्पनी गलबन्दी प्रोडक्सन हो ।

कथा र सङ्गीत समेत सपुतकै रहने फिल्मको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा छन् ।

अनुरोध भट्टराई र नाना थकाली पनि निर्माता हुन् । केही अगाडि बागलुङकै कालिका मन्दिरमा शुभसाइत गरिएको फिल्मको छायाङ्कन शनिबारबाट सुरु हुनेछ ।  फिल्मको प्रदर्शन आगामी चैत २२ गते तय गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved