भ्रष्टाचार अन्त्य गर्न हामी निरन्तर खबरदारी गर्छौंः अध्यक्ष यादव

नेपालभ्युज

भ्रष्टाचार अन्त्य गर्न हामी निरन्तर खबरदारी गर्छौंः अध्यक्ष यादव

मोरङ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिको महङ्गी नियन्त्रण, भ्रष्टाचारको अन्त्य र मुलुकमा सुशासन कायम गर्ने पार्टी निरन्तररूपमा खबरदारी गर्ने बताएका छन् ।

पार्टीको कोशी प्रदेश कमिटीद्वारा मंगलबार मोरङमा आयोजित अभियन्ता अभिमूखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले भने, ‘राज्यद्वारा प्रदान गरिने अवसरमा सबै जनताको पहुँच पुर्‍याउनु पार्टी अभियानको मुख्य कार्यभार हो ।’

अध्यक्ष यादवले लोकतन्त्रको विशेषता सङ्घीयता र समावेशीता भएको बताए । नेपालको संविधानमा रहेको समावेशी, समानुपातिक र सङ्घीयतालाई संस्थागत गर्नु पार्टीको मुख्य जिम्मेवारी भएको उनले बताए ।

पार्टीका सहअध्यक्ष रकम चेम्जोङ्गले ठूला दुई दलका कारण मुलुकमा राजनैतिक अस्थिरता कायम भएको आरोप लगाए । पार्टीका केन्द्र महासचिव रामकुमार शर्माले पिछडिएका क्षेत्रमा वसोवास गर्ने जनताको राज्यको नीति निर्माण पहुँच पुर्‍याउने कार्यमा लाग्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved