सिरियाको हिरासतबाट भागेका आइएसआइएस नेतालाई अमेरिकाले गर्‍यो पक्राउ

नेपालभ्युज

सिरियाको हिरासतबाट भागेका आइएसआइएस नेतालाई अमेरिकाले गर्‍यो पक्राउ
सांकेतिक तश्वीर

अमेरिका । सिरियाको हिरासत केन्द्रबाट भागेर आतंकवादी समुहका सदस्यलाई सहयोग गर्ने आइएसआइएस नेतालाई पक्राउ गरेको अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जनाएको छ ।

सिरियन डेमोक्र्याटिक फोर्सेस (एसडीएफ) सँग काम गर्ने अमेरिकी सेनाले सिरियाको रक्काह हिरासत केन्द्रबाट भागेर आइएसआइएस लडाकुलाई सघाइरहेका नेता खालिद अहमद अल–डान्डालाई पक्राउ गरेको एक विज्ञप्तीमार्फत जानकारी गराएको हो ।

“ सिरियाको २० भन्दा बढी एसडिएफ हिरासत केन्द्रमा ९ हजारभन्दा बढी आइएसआइएस बन्दी हिरासतमा राखिएको छ”, अमेरिकी सेन्टकमका कमान्डर जनरल माइकल एरिक कुरिलाले भने ।

यदि यी आइएसआइएस लडाकुहरू ठूलो संख्यामा भागे भने यसले क्षेत्र र बाहिरका लागि चरम खतरा निम्त्याउने जनरल कुरिल्लाले बताएका छन् ।

“हामी यी आइएस लडाकुलाई अन्तिम निर्णयका लागि उनीहरूको देशमा फिर्ता पठाउनका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गरिरहेका छौ”, उनले भने ।

यसअघि अगस्ट २९ मा पाँच आइएसआइएस विदेशी लडाकु कैदीहरू (दुई रुसी, दुई अफगान र एक लिबियन) रक्काह कारागारबाट भागेका थिए।

एसडीएफले भागेका इमाम अब्दुलवाहिद अखवान (रूसी) र मुहम्मद नोह मुहम्मदलाई पुनःहिरासतमा लिएको थियो । भागेका तिमोर तालब्रकेन अब्दास (रूसी) र शुआब मुहम्मद अल–अब्दली र अटल खालिद जार (दुवै अफगान) अझै फरार रहेको अमेरिकी सेन्टकमले जनाएको छ। एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved