दसैँमा सर्वसाधारणले नयाँ नोट नपाउने 

नेपालभ्युज

दसैँमा सर्वसाधारणले नयाँ नोट नपाउने 

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँमा नयाँ नोट जारी नगर्ने भएको छ । वार्षिक सरदर साढे १ अर्ब रुपैयाँ नयाँ नोटमा खर्च हुने भएको र एक दुई महिनामै पुरानो हुने समस्याको कारण बैंकले नयाँ नोट जारी नगर्ने भएको हो ।

नयाँ नोट नछापे पनि केन्द्रीय बैंकले सर्वसाधारणलाई सुकिला नोट सटही गरिदिने जनाएको छ । नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो, तर सकेको थिए ।

यद्यपि, यस वर्षबाट सो योजनालाई कार्यान्वयन गरिने नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता डा. डिल्लीराम पोखरेलले बताए । यस पटक प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved