स्थानीय तह उपनिर्वाचनबारे समाजवादीले जारी गर्‍यो परिपत्र

नेपालभ्युज

स्थानीय तह उपनिर्वाचनबारे समाजवादीले जारी गर्‍यो परिपत्र

काठमाडौं । मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) ले  स्थानीय तहमा पार्टीको वस्तुस्थिति केन्द्रलाई जानकारी गराउन सम्बन्धित जिल्लालाई परिपत्र पठाएको छ ।

महासचिव घनश्याम भुसालले उपनिर्वाचन हुने तहमा पार्टीको अवस्था र वस्तुस्थितिबारे केन्द्रलाई जानकारी गराउन आइतबार परिपत्र जारी गर्दै निर्देशन दिएका हुन् ।

परिपत्रमा निर्वाचनमा उठाउने उम्मेदवारको खोजी गर्न र निर्वाचनमा अन्य पार्टीसँग तालमेल हुन सक्ने नसक्ने अवस्थाको तथ्यपरक विश्लेषण गर्दै केन्द्रलाई रिपोर्टिग गर्न भनिएको छ ।

समाजवादीले वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपनिर्वाचन २०८१ परिचालन कमिटी समेत गठन गरेको छ । उक्त कमिटीमा उपाध्यक्ष, उपमहासचिव, सचिव, कानुन व्यवसायी र पोलिटब्युरो सदस्य रहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved