सुनचाँदीको मूल्य घट्यो

नेपालभ्युज

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

आइतबार प्रतितोला छ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि २० रूपैयाँले घटेको छ ।

आइतबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved