मिस युनिभर्स नेपालको ताज सार्वजनिक

नेपालभ्युज

मिस युनिभर्स नेपालको ताज सार्वजनिक

काठमाडौँ । आगामी साता हुने मिस युनिभर्स नेपालको ताज सार्वजनिक गरिएको छ ।

“स्टार अफ द युनिभर्स” नाम दिइएको क्राउन २४५ ग्राम ह्वाइट गोल्ड र विभिन्न बहुमूल्य पत्थर प्रयोग गरेर बनाइएको आयोजकले बताएको छ ।

शनिबार साँझ एक समारोहकाबीच सार्वजनिक गरिएको क्राउनको मूल्य अहिले बजार मूल्य अनुसार २५ हजार अमेरिकी डलर पर्ने बताइएको छ ।

भदौ २२ गते शनिबार हायात होटलमा मिस युनिभर्स नेपालको फिनाले हुँदैछ । उपाधिका लागि २२ जना फाइनलिस्ट भिड्ने तयारीमा रहेको आयोजकले जनाएको छ ।

मिस युनिभर्स नेपालको यस वर्षको संस्करणको आयोजना  ग्लोबल ग्ल्यामरले गर्न लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved