नाबालिगलाई यौन व्यवसायमा लगाएको आरोपमा २ जना पक्राउ, पाँच बालिकाको उद्धार

नेपालभ्युज

नाबालिगलाई यौन व्यवसायमा लगाएको आरोपमा २ जना पक्राउ, पाँच बालिकाको उद्धार

काठमाडौं । नाबालिगलाई यौन व्यवसायमा लगाएको अभियोगमा प्रहरीले २ जना गेष्टहाउस सञ्चालकलाई पक्राउ गरेको छ ।

कोटेश्वरस्थित कमलामाई खाजाघर एण्ड गेस्ट हाउसका संचालक रामेछापका गोरे नेवा खड्गी र सिन्धुली कमलामाई नगरपालिका ४ का राजु शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

खड्गी समेतले सञ्चालन गरेको उक्त गेष्टहाउसमा बालिकालाई यौन व्यवसायमा लगाउने गरेको सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले गेष्टहाउसबाट ५ जना बालिकाको उद्दार गरेको जनाएको छ । उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद लिई अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved