आइसीसीको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित

नेपालभ्युज

आइसीसीको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित

काठमाडौं । अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आइसीसी)को अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सोल्टी होटेलमा सम्पन्न भएको अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको साधारण सभाबाट श्रेष्ठ निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।

कार्यक्रममा बोल्दै आइसीसी नेपालका नवनिर्वाचित अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि आइसीसी नेपालले सरकार, रोजगारदाता, बैंक र वित्तीय क्षेत्र, एवं कानुन निर्माता एवं विभिन्न व्यावसायिक संघहरुसित मिलेर समन्वयात्मक ढंगमा कार्य गर्ने बताए ।

आइसीसी लगायत विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूको ध्यान नेपालमा लगानी प्रवर्द्धन गर्न तथा नेपालबाट निर्यात प्रवर्द्धनका साथै पर्यटन प्रवर्द्धन गर्नुका अतिरिक्त देशभित्र र बाहिर परिआउने व्यावसायिक विवादहरूको मध्यस्थताका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामाथि उनले जोड दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved