मध्यपुरथिमिका मेयर श्रेष्ठलाई कोरोना संक्रमण

नेपालभ्युज

मध्यपुरथिमिका मेयर श्रेष्ठलाई कोरोना संक्रमण

भक्तपुर। नगरपालिकाद्वारा सञ्चालित नेपाल- कोरियामैत्री नगरपालिका अस्पताल आउने बिरामी एवं कोरोना सङ्क्रमितको उपचारमा निरन्तर लागिपरेका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई कोरोना सङ्क्रमण भएको छ।

उपत्यका नगरपालिका फोरमका सचिवसमेत रहेका नगरप्रमुख श्रेष्ठ कोरोना सङ्क्रमण भएपछि चिकित्सकको सुझावसहित होमआइसोलेशनमा बसेका छन्। कोरोना भाइरसको पहिलो र दोस्रो सङ्क्रमणको महामारी फैलिरहँदा नगर अस्पतालमा शय्या विस्तार, पीसीआर मेसिन सञ्चालनदेखि अक्सिजन प्लान्ट स्थापनासम्ममा अस्पतालमै अहोरात्र खटिएका श्रेष्ठलाई तेस्रो लहरको चरणमा भने कोरोना सङ्क्रमण भएको छ।

नगरप्रमुख श्रेष्ठले घरमै आइसोलेशनमा बसेको जानकारी दिँदै नगरवासीलाई पनि कोरोनाबाट बच्न सचेतना अपनाउन आग्रह गरे। देशभर कोरोना भाइरस सङ्क्रमण बढेसँगै भक्तपुरमा आज एकैदिन ३२८ जनालाई कोरोना सङ्क्रमण भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved