अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट शिखर धवनको सन्यास

नेपालभ्युज

अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट शिखर धवनको सन्यास

काठमाडौं । भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जाल वेबसाइट एक्समा पोस्ट गर्दै यो जानकारी दिएका हुन् ।

शिखर धवनले देशबाट ३४ टेस्ट र १६७ ओडीआई खेलेका छन् । उनले एकदिवसीय खेलमा ६७९३ रन बनाएका छन् भने टेष्टमा ५८ इनिङ्समा २३१५ रन बनाएका छन् ।

धवनले लेखेका छन्, ‘आज म यस्तो बिन्दुमा उभिएको छु, जहाँबाट फर्केर हेर्दा सम्झना मात्रै देख्छु र अगाडि हेर्दा सारा संसार देख्न सक्छु । मसँग सधैं भारतका लागि खेल्ने एउटै गन्तव्य थियो र त्यो पनि भयो जसको लागि म धेरै मानिसहरूलाई धन्यवाद दिन्छु।’

धवनले आफ्नो परिवार, बाल्यकालका प्रशिक्षक, भारतीय टोली, बीसीसीआई, डीडीसीए र फ्यानहरूलाई धन्यवाद दिएका छन् । उनले भने, ‘मेरो क्रिकेट यात्रालाई अलविदा गर्दै, मेरो मनमा शान्ति छ कि मैले भारतबाट खेलेको छु।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved