पाठेघरको अप्रेसनको क्रममा महिलाको मृत्युपछि छानबिन गर्न सर्वपक्षीय समिति गठन

नेपालभ्युज

पाठेघरको अप्रेसनको क्रममा महिलाको मृत्युपछि छानबिन गर्न सर्वपक्षीय समिति गठन

चितवन । चितवन जिल्लाको सुरक्षा समितिले भरतपुर अस्पतालमा उपचारका क्रममा मंगलबार राति एक महिलाको मृत्यु भएको घटनामा छानबिन गर्न सर्वपक्षीय समिति गठन गरेको छ ।

समितिको संयोजकमा भरतपुर अस्पतालका कन्सल्ट्यान्ट डाक्टर प्रकाश खतिवडा रहनुभएको छ, जसलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ । समितिमा विभिन्न चिकित्सक, प्रहरी अधिकारी, पीडित परिवारका सदस्यहरू लगायतको सहभागिता रहेको छ ।

नवलपुरको गैँडाकोट निवासी ३९ वर्षीया सम्झना काफ्ले पाठेघरको बायोप्सीका लागि भरतपुर अस्पताल पुगेकी थिइन् । उनलाई दिइएको एनेस्थेसियापछि बायोप्सीका क्रममा उनको मृत्यु भएको थियो ।

मृत्युपछि उनका आफन्त र स्थानीयले स्वास्थ्यकर्मीको लापरबाहीका कारण मृत्यु भएको दाबी गर्दै विरोध जनाए ।

यस घटनाको छानबिनका लागि गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, र नेपाल मेडिकल काउन्सिललाई पनि अनुरोध गर्ने निर्णय सुरक्षा समितिले गरेको छ। सुरक्षा समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी, सेनाका प्रमुख सेनानी, प्रहरी उपरीक्षक, र भरतपुर अस्पतालका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved