साफ यू–२० च्याम्पियनसिप : भुटान सेमिफाइनलमा प्रवेश

नेपालभ्युज

साफ यू–२० च्याम्पियनसिप : भुटान सेमिफाइनलमा प्रवेश

काठमाडौं । भुटान काठमाडौंमा जारी साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा माल्दिभ्सलाई २–१ ले पराजित गर्दै भुटान सेमिफाइनलमा प्रवेश गरेको हो ।

शुक्रबार हुने भारत र माल्दिभ्सबीचको खेलपछि समूह बी बाट सेमिफाइनलमा पुग्ने अर्को टीमको टुंगो लाग्ने छ ।

समूहमा भुटान र भारतको समान ३ अंक रहेको छ । माल्दिभ्स भने अंकविहीन रहेको छ । भारतलाई सेमिफाइनल पुग्न उक्त खेल बराबरी भए पुग्नेछ ।

प्रतियोगिताको समूह ‘ए’बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ । ६ देश सहभागी प्रतियोगिताको समूह ‘ए’मा नेपालका साथै बंगलादेश र श्रीलंका रहेको छ भने समूह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।

नेपालले समूह चरणको अर्को खेलमा बिहीबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved