नागढुङ्गा नजिक पहिरो खस्यो, यातायात सेवा ठप्प

नेपालभ्युज

नागढुङ्गा नजिक पहिरो खस्यो, यातायात सेवा ठप्प
फाइल फोटो

काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको छ ।

पहिरो खसेका कारण सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार नागढुङ्गा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो । काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधन ठप्प छन् । अहिले सो क्षेत्रमा पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले यातायात खोल्न समस्या भएको छ ।

नागढुङ्गामा खटिएको प्रहरीले काठमाडौंबाट जाने सवारी साधन नागढुङ्गामै रोकेको छ भने आउने सवारीसाधान पिप्लामोडभन्दा तलै रोकेको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved