पाल्पाको रामपुरमा योग अभ्यास केन्द्र निर्माण

नेपालभ्युज

पाल्पाको रामपुरमा योग अभ्यास केन्द्र निर्माण

पाल्पा । रामपुरमा योग अभ्यास केन्द्र निर्माण गरिएको छ। १४ लाख ८१ हजार ८४५ रुपैयाँको लागतमा सो भवन निर्माण गरिएको निर्माण समितिका अध्यक्ष लुकनाथ घिमिरेले जानकारी दिए।

भवन निर्माणका लागि किसानबारी बट्टार खानेपानी तथा सरसफाइ आयोजनाबाट रु दुई लाख, किसानबारी कार्कीडाँडा सामुदायिक वनबाट रु २५ हजार, जनश्रमदानबाट रु ५८ हजार २०३ र अन्य बाँकी रकम रामपुर नगरपालिकाबाट आर्थिक वर्ष २०७६\७७ देखि हालसम्म तीन आर्थिक वर्षमा प्राप्त भएको उनले जानकारी दिए।

हालै निर्माण भएको यस भवनमा अहिले पतञ्जली रामपुर नगर योग समिति र रामपुर नगरपालिका आयुर्वेद शाखाको संयुक्त आयोजनामा योग सप्ताह चलिरहेको छ। योग समिति रामपुरका अध्यक्ष सुदिप गैरेले नियमित योग गरेमा शरीर निरोगी र फूर्तिलो बन्ने हुँदा शारीरिक र मानसिक स्वास्थ्यका लागि योग अपरिहार्य रहेको बताए।

योग अभ्यास कार्यमा अहिले धेरैको आकर्षण बढ्दै गइरहेको हुँदा भवन निर्माण भएपछि अब नियमित अभ्यास गराउन सजिलो हुने समितिका सचिव सूर्यप्रसाद श्रेष्ठले बताए। रोग लागेपछि औषधि गर्नुभन्दा रोग लाग्नै नदिनका लागि योग अभ्यास मानवजीवनको निम्ति अति आवश्यक छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved