२४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

नेपालभ्युज

२४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौं। २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ भर्चुअल माध्यमबाट भूकम्प दिवस मनाउन लागिएको हो।

भूकम्पले नभई कमजोर संरचनाले मानवीयलगायतको क्षति गर्छ भन्ने चेतना जगाउँदै २०५५ सालदेखि माघ २ गतेलाई भूकम्प दिवसका रुपमा मनाउन सुरु गरिएको हो।

दिवसका अवसरमा भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले आज ललितपुरको पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रम गर्दै छ।

कार्यक्रममा निश्चित व्यक्तिको मात्रै भौतिक उपस्थित रहने र अरू सबैलाई भर्चुअल माध्यमबाट सहभागी हुन आह्वान गरिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले जानकारी दिए।

दिवसका अवसरमा २०७२ सालको भूकम्पका कारण भत्किएका संरचनाको पुनर्निर्माणबारे पनि जानकारी गराइनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved