गोकर्णेश्वर उत्तरबाहिनीमा ऋषि तर्पणी तथा श्रावणी स्नान (तस्वीरहरु)

गोकर्णेश्वर उत्तरबाहिनीमा ऋषि तर्पणी तथा श्रावणी स्नान (तस्वीरहरु)

काठमाडौं। आज देशभर हिन्दु धर्मावलम्बीहरुले रक्षाबन्धन तथा जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व धूमधामका साथ मनाउदै छन् ।

श्रावण शुक्ल पूर्णिमाका अवसरमा नव यज्ञोपवीत (जनै) एवं रक्षासूत्र धारण गरेर सनातन वैदिक धर्मावलम्बीहरूले पवित्र नदी स्नान गरि यो पर्व मनाउछन्।

सांस्कृतिक एवं धार्मिक मान्यता अनुसार, यस दिन तागाधारीहरूले गुरु पुरोहितबाट मन्त्रिएको नयाँ यज्ञोपवीत र रक्षासूत्र धारण गर्ने गर्छन्।

यसले नकारात्मक तत्त्वहरूबाट सुरक्षा प्राप्त गर्ने धार्मिक विश्वास रहि आएको छ। शास्त्रीय विधान अनुसार, श्रावण शुक्ल चतुर्दशीदेखि तागाधारीहरूले एक छाकमात्र भोजन गरी कपाल मुण्डन गरी चोखोनीतो व्रत बस्छन्।

श्रावण शुक्ल पूर्णिमाको दिन तागाधारीहरू बिहानै पोखरी, ताल, तलाउ, नदी, र कुण्डमा गई गाईको गोबर, खरानी, दतिउन, र सप्तमृत्तिका प्रयोग गरी पवित्र स्नान गर्दछन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ।

स्नानपछि ऋषिहरूलाई तर्पण गरी मन्त्रिएको नयाँ यज्ञोपवीत धारण गरिन्छ। अरुन्धती सहित आठ ऋषिहरू कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ, र अगस्त्य लाई पूजा र तर्पण गर्ने परम्परा छ, जसले गर्दा यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ।

जनैलाई ब्रह्मसूत्र अर्थात् ज्ञानको धागो पनि भनिन्छ। वैदिक गुरु परम्पराको महत्त्वलाई सम्मान गर्दै, यस दिनको विशेषता स्पष्ट रूपमा देख्न सकिन्छ।

“तस्वीरमा गोकर्णेश्वर उत्तरबाहिनीस्थित कान्तिभैरव गुरुकुलका बटुकहरू श्रावणी स्नान गर्दै”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved