लगानीकर्तालाई निषेध र नियन्त्रण नगरौँ : अध्यक्ष ढकाल 

नेपालभ्युज

लगानीकर्तालाई निषेध र नियन्त्रण नगरौँ : अध्यक्ष ढकाल 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानीकर्ताहरूलाई निषेध र नियन्त्रण नगर्न सरकारलाई अनुरोध गरेका छन् । आइतबार आयोजना गरिएको ‘दिगो आर्थिक विकासका लागि आर्थिक सुधार’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले निजी क्षेत्रको भूमिका सङ्कुचित बनाउने गरी कानुनहरू बनिरहेका बताएका छन् । सरकारले एक रुपैयाँ खर्च गर्दा निजी क्षेत्रले पाँच रुपैयाँ खर्च गर्ने गरेको पछिल्लो अवस्थामा नीति निर्माण तहमा निजी क्षेत्रका प्रतिनिधित्व हटाउने प्रयासप्रति उनको आपत्ति छ ।

‘उद्यमी व्यवसायीले बैंकमा स्वामित्व भएकै कारण अन्यत्र लगानी गर्न नपाउने हो भने हामीकहाँ उत्पादन र रोजगारी सिर्जना कसरी हुन्छ ?’ अध्यक्ष ढकाल प्रश्न गर्छन् । सरकारका केही नीतिगत कडाइका कारण लगानीकर्ताले लगानी गर्न नपाउनु दुखद रहेको उनी बताउँछन् ।

विद्यालय शिक्षा विधेयकले, एक बैंक तथा वित्तीय क्षेत्रसंग आबद्धले अर्कोसँग नपाउने, सानो व्यवसाय दर्ता गर्न कम्तीमा पाँच ठाउँ जानुपर्ने, राजश्व बुझाउन पनि सास्ती खेप्नुपर्ने लगायतका विविध कारणले पनि निजी क्षेत्र फस्टाउन नसकेको ढकाल बताउँछन् । त्यसैले अवसर जता छ युवाहरू त्यता जाने र मुलुक छोड्ने गरेको उनी बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved