सोलुखुम्बुका सिडिओलाई प्रधानमन्त्रीको फोन-सरकारले केही गरौंला

नेपालभ्युज

सोलुखुम्बुका सिडिओलाई प्रधानमन्त्रीको फोन-सरकारले केही गरौंला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थामे गाउँमा आएको बाढीबारे  जानकारी लिएका छन् ।

प्रधानमन्त्री ओलीले सोलुखुम्बुका  प्रमुख जिल्ला अधिकारी (सिडिओ) देवी पाण्डेलाई शुक्रबार साँझ टेलिफोन गरेर घटनाबारे जानकारी लिएका हुन् । सो क्रममा सिडिओ पाण्डेले बस्तीको बीचबाट खोला पस्दा १२ वटा घर, एक स्कुल र स्वास्थ्य चौकीमा क्षति भएको जानकारी दिईन् ।

उनले दिउँसो बादल लागेका कारण हेलिकप्टर समेत जान सक्ने अवस्था नभएको बताईन् ।  पाण्डेले  हिमपहिरो आएको वा हिमताल फुटेर बाढी आएको हो भन्ने यकिन भइनसकेको  जानकारी दिईन् ।

सम्वादका क्रममा प्रधानमन्त्री ओलीले पहिरोमा माटोमात्रै नभई पानी पनि देखिएकाले सुख्खा पहिरो नभएको अनुमान लगाए। उनले भने, ‘त्यहाँ मानवीय क्षति हुन नपाओस् भन्नेमा ध्यान दिनुस् । धनमालको क्षति भइहाल्यो, सरकारले केही गरौंला ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved