चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश, करिश्मासहित ६ जनाको आवेदन

नेपालभ्युज

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश, करिश्मासहित ६ जनाको आवेदन

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि ६ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन बुधबारसम्म ६ जनाले आवेदन दिएको बोर्डले जनाएको छ ।

आवेदन दिनेमा फिल्म निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर, सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापा, फिल्म निर्देशक दीपा पाण्डे बस्नेत, पूर्वबोर्ड सदस्य प्रकाश भट्टराई र फिल्म निर्माता एवं पूर्वबोर्ड सदस्य अर्जुनकुमार डंगोल छन् ।

अब कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता दिने तालिका सार्वजनिक गरिने बोर्डले जनाएको छ ।

यीमध्ये समितिले तीन जनाको नाम सिफारिस गर्ने व्यवस्था छ । समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई अध्यक्षमा नियुक्त गर्ने प्रावधान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved