एनसेलको नेटवर्कमा समस्या

नेपालभ्युज

एनसेलको नेटवर्कमा समस्या

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्कमा समस्या देखिएको छ । सोमबार दिउँसोदेखि एनसेलबाट फोन लाग्न र एसएमएमा समस्या देखिएको कम्पनीले जनाएको छ ।

कम्पनीले यसबारे जानकारी दिँदै समाधानका लागि काम गरिरहेको बताएको छ ।

एनसेलले भनेको छ , ‘आज सोमबार, साउन २८ गते दिउँसो ३ः४८ बजेबाट यस कम्पनीले प्रवाह गर्दै आएका सेवाहरू प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको अवगत गराउँन चाहन्छौँ । यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौँ र अवरुद्ध सेवा यथाशीघ्र सुचारु गर्नका लागि तदारुकताका साथ काम भइरहेको जानकारी गराउन चाहन्छौँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved