पेरिस ओलम्पिकको पुरुष फुटबलमा आयोजक फ्रान्सलाई हराउँदै स्पेनले जित्यो स्वर्ण

नेपालभ्युज

पेरिस ओलम्पिकको पुरुष फुटबलमा आयोजक फ्रान्सलाई हराउँदै स्पेनले जित्यो स्वर्ण

एजेन्सी । स्पेनले पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ । आयोजक फ्रान्सलाई अतिरिक्त समयमा ५-३ गोलअन्तरले पराजित गर्दै स्वर्ण हात पारेको हो ।

शुक्रबार राति पेरिसस्थित पार्क डे प्रिन्समा भएको फाइनलमा सर्जियो कामेलोले अतिरिक्त समयमा दुई गोल गरेपछि स्पेनले रोमाञ्चक जित हासिल गरेको थियो ।

स्पेनले ओलम्पिकमा पुरुष फुटबलमा जितेको यो दोस्रो स्वर्ण हो । यसअघि सन् १९९२ मा स्पेनले स्वर्ण जितेको थियो ।

शुुक्रबार रातिको खेलमा निर्धारित ९० मिनेटको खेल ३-३ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । जहाँ कामेलोले १०० औँ मिनेटमा गोल गर्दै स्पेनको अग्रता ४-३ को बनाए । अतिरिक्त समयको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको जित सुनिश्चित गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved