काठमाडौं महानगरपालिका कार्यालयनजिकै सडक भासियो

नेपालभ्युज

काठमाडौं महानगरपालिका कार्यालयनजिकै सडक भासियो

काठमाडौं । प्लाजा नजिकको सडक भासिएका कारण सडक अवरुद्ध भएको छ । काठमाडौं महानगरपालिका कार्यालय नजिकै रहेको सडकमा भ्वाङ परेपछि रातिदेखि सडक अवरुद्ध भएको हो ।

दरबारमार्ग र काठमाडौं प्लाजा जोड्ने सडक भासिएको हो ।

सडक भासिएपछि उक्त खण्डमा रातिदेखि नै आवागमन प्रभावित भएको छ ।

अहिले उक्त सडक खण्ड बन्द गरिएको ट्राफिक प्रहरीले बताएको छ । यस सडक खण्ड केही दिनअघि पनि भासिएको थियो । भत्किएको खण्ड पुरेर आवागमन सुरू गरिए पनि सडक फेरि भासिन पुगेको स्थानीयले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved