कोटीहोमको आर्थिक अपारदर्शिताको विषय संसद्‍मा उठ्यो, पत्रकार कुट्ने आयोजकलाई कारबाही गर्न ध्यानाकर्षण

महायज्ञ साउन १ देखि जारी छ । मानव सेवा फाउन्डेसनको नाममा लगाइएको कोटीहोममा भक्तजनले दिएको भन्दाको व्यापक दुरुपयोग भएको र हिसाब लुकाइएको भन्दै आलोचना भएको छ ।

नेपालभ्युज

कोटीहोमको आर्थिक अपारदर्शिताको विषय संसद्‍मा उठ्यो, पत्रकार कुट्ने आयोजकलाई कारबाही गर्न ध्यानाकर्षण

काठमाडौं । साउन महिनाभरिको लागि पशुपति परिसरमा लगाइएको कोटिहोम महायज्ञमा उठेको रकमको पारदर्शिताको विषयमा संसद्मा समेत प्रश्न उठेको छ ।

सोमबार रास्वपा सांसद् शिशिर खनालले आर्थिक पारदर्शिताको प्रश्न सोधेकै भरमा पत्रकारलाई कुट्नेलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

शनिबार महायज्ञमा आयोजकसँग खर्चको हिसाब किताब र उठेको रकम विवरण माग्दा पत्रकार प्रिन्स मिश्रमाथि कुटपिट भएको थियो ।

घटनाका संलग्नलाई कारबाही नभएको भन्दै सांसद् खनालले संसद्को शुन्य समयमा भने, ‘पवित्र पशुपतिनाथ क्षेत्रमा भइरहेको कोटीहोममा प्रश्न सोधेकै भरमा केही लठैतहरूले पत्रकारलाई मरणासन्न हुने गरी कुटपिट गरे । तर गृह प्रशासन मौन छ । वाक स्वतन्त्रता र नागरिक सुरक्षाको ग्यारेन्टी कसले लिने ?’

‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ नाम दिइएको महायज्ञ साउन १ देखि जारी छ । मानव सेवा फाउन्डेसनको नाममा लगाइएको कोटीहोममा भक्तजनले दिएको भन्दाको व्यापक दुरुपयोग भएको र हिसाब लुकाइएको भन्दै आलोचना भएको छ ।

महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र देवीप्रतिभालगायतले कथावाचन गरेका छन् ।

ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ महायज्ञ आयोजना गरिएको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved