काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । रातो मत्स्येन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्याएसँगै आइतबार भोटो देखाइएको हो ।
भोटो देखाउने जात्रामा राष्ट्र प्रमुख पनि सहभागी हुने प्रचलन अनुसार राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्र प्रमुखका रुपमा जात्रामा सहभागी थिए ।
रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ ।
भोटो जात्रा देखाइसकेपछि मच्छिन्द्रनाथलाई रथबाट ओराली खटमा राखी बाजागाजाका साथ बुङगमतीको लागि प्रस्थान गराइएको छ ।
परम्परा अनुसार रातो मच्छिन्द्रनाथलाई सूर्य दक्षिणायण हुँदा ६ महिना बुङमती र उत्तरायण हुँदा ६ महिना पाटनमा राख्ने चलन छ ।
भोटो जात्राको अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
Facebook Comment
Comment