पेरिस ओलम्पिक : १०० सय मिटर महिला दौडमा सेन्ट लुइसकी जुलियन अल्फ्रेडलाई ऐतिहासिक स्वर्ण

नेपालभ्युज

पेरिस ओलम्पिक : १०० सय मिटर महिला दौडमा सेन्ट लुइसकी जुलियन अल्फ्रेडलाई ऐतिहासिक स्वर्ण

काठमाडौं। पेरिस ओलम्पिक अन्तर्गत एथ्लेटिक्स महिला १०० मिटर दौडमा सेन्ट लुइसकी जुलियन अल्फ्रेडले ऐतिहासिक स्वर्ण पदक जितेकी छन् ।

आइतबार बिहान स्टाड डे फ्रान्समा भएको १०० मिटर दौडमा अल्फ्रेड (Julian Alfred) ले स्वर्ण जित्न सफल भएकी हुन्। ओलम्पिक इतिहासमा सेन्ट लुइसको यो पहिलो पदक हो। यसकारण पनि दुवै अल्फ्रेड र सेन्ट लुइसका लागि यो पदकले विशेष महत्व बोकेको छ।

स्प्रिन्टर अल्फ्रेडले १०० मिटरको दूरी १०.७२ सेकेन्डमा पूरा गरिन् । २३ वर्षीय अल्फ्रेडले राष्ट्रकै लागि पहिलो स्वर्ण जितेपछि भावुक भइन्। उनले आफ्नो स्वर्ण ११ वर्षअघि निधन भएका आफ्नो बुबालाई समर्पित गरिन् ।

दोस्रो भएकी विश्व च्याम्पियन तथा स्वर्णकी दाबेदार अमेरिकन साकारी रिचर्डसनले १०.८७ सेकेण्ड समय लगाइन् । अमेरिकाकै मेलिसा जेफरसनले सो दुरी १०.९२ सेकेण्डमा दौड पूरा गर्दै कांस्य पदक प्राप्त गरिन्।

पेरिस ओलम्पिकको पदक तालिकामा १६ स्वर्ण १२ रजत र ९ कांस्यसहित चीन शीर्ष स्थानमा छ । १४ स्वर्ण २४ रजत र २३ कांस्य जितेको अमेरिका दोस्रो स्थानमा छ । १२ स्वर्ण १४ रजत र १५ कांस्यसहित फ्रान्स तेस्रो स्थानमा छ । १२ स्वर्ण ८ रजत र ७ कांस्य जितेको अष्ट्रेलिया भने चौथो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved