भलिबलमा नेपाललाई ऐतिहासिक सफलताः अध्यक्ष प्रचण्ड

नेपालभ्युज

भलिबलमा नेपाललाई ऐतिहासिक सफलताः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतविरुद्धको भलिबल खेलमा जित हासिल गर्ने नेपाली खेलाडीलाई बधाई दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत शनिबार सम्पन्न भारतविरुद्धको खेलमा जित हासिल गरेकामा खुसी व्यक्त गर्दै नेपाललाई ऐतिहासिक सफलता मिलेको उल्लेख गरेका हुन् ।

उनले भनेका छन्, “नेपाललाई ऐतिहासिक सफलता मिलेको छ । नेपाली छोरीहरूलाई हार्दिक बधाई ! काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा भारतमाथि ऐतिहासिक जित निकाल्न सफल नेपाली महिला भलिबल टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”

काभा महिला नेसन्स भलिबल लिगअन्तर्गत आज दशरथ रङ्गशालास्थित कभर्डहलमा भएको खेलमा नेपाल भारतमाथि ३-२ को सेटमा विजयी भयो ।

पहिलो सेट २५-१८ ले जितेको नेपालले दोस्रो खेल १२-२५ ले गुमाएको थियो भने तेस्रो सेटमा २५-१७ ले जितेको थियो । चौथो सेट १८-२५ ले हारेको नेपालले अन्तिम सेट १५-१३ ले जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved