काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको दुई दिने बन्द कार्यशाला सुरु गरेको छ । रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा सुरु कार्यशालामा पार्टीका पदाधिकारी तथा नेतालाई प्रशिक्षण दिइने छ ।
गत साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यको क्षमता अभिबृद्धिका लागि प्रशिक्षण र आगामी रणनीति तय गर्न दुई दिने क्लोज क्याम्प सञ्चालन गर्ने निर्णय गरे अनुसार रास्वपाले कार्यशाला आयोजना गरेको हो ।
कार्यशालाले पार्टीको रणनीति तयारीमा सहयोग पुग्ने रास्वपाले अपेक्षा गरेको छ । कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन् ।
कार्यशाला आज र भोलि विहान ७ बजेदेखि साँझ ७ बजेसम्म चल्ने छ ।
कार्यशालामा विचार, संगठन, मूल्य–मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे छलफल हुने रास्वपाले जनाएको छ ।

Facebook Comment
Comment