पेरिस ओलम्पिक : जापान ७ स्वर्णसहित शीर्ष स्थानमा, अमेरिका छैठौं

नेपालभ्युज

पेरिस ओलम्पिक : जापान ७ स्वर्णसहित शीर्ष स्थानमा, अमेरिका छैठौं

काठमाडौं । पेरिस ओलम्पिकको पदक तालिकामा जापान ७ स्वर्णसहित शीर्ष स्थानमा छ ।

तर, अमेरिकाले सबैभन्दा बढी २६ पदक जितेको छ । पेरिस ओलम्पिकमा स्वर्ण, रजत र कास्यसहित अमेरिकाले अहिलेसम्म सबैभन्दा बढी पदक जितेको छ । अमेरिकाले ४ स्वर्ण, ११ रजत र ११ कास्य पदक जितेको छ ।

तर, कम स्वर्ण पदकका कारण उनी पदक तालिकामा छैठौं स्थानमा छन् ।

फ्रान्सको कुल १८ पदक छ । फ्रान्सले ५ स्वर्ण, ९ रजत र ४ कास्य पदक जितेको छ ।

चीनले १४ पदकसहित पदक तालिकामा दोस्रो स्थानमा छ । चीनले ६ स्वर्ण, ६ रजत र २ कास्य पदक जितेको छ ।

ग्रेट ब्रिटेन १२ पदकसहित सातौं स्थानमा छ । बेलायतले ४ स्वर्ण, ५ रजत र ३ कास्य पदक जितेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved