धनगढी । कैलालीमा अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन गरेपछि धनगढी उपमहानगरपालिकाले भवन भत्काएको छ ।
धनगढी-७ मनेहरामा लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निर्माण गरेको उक्त भवनमा उपमहानगरले डोजर चलाएको हो । अवैध तरिकाले निर्माण गरेकोले मंगलबार डोजर चलाएर भत्काएको नगरपालिकाले जनाएको छ ।
यसअघि सोमबार ७ नम्बर वडा कार्यालयले लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेजी गरेको थियो ।
लेट मेइन धनगढी प्रालिले २०८० साउन २२ गते वडा कार्यालयमा सिपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजन राखी वडा कार्यालयमा व्यवसाय दर्ता गराएको थियो । यस्तै, नेपाल लाइफ वर्ड मिसनले २०८१ वैशाख १६ गते सेमिनार, तालिम आदि सञ्चालन गर्ने प्रयोजनका लागि वडामा व्यवसाय दर्ता गराएको थियो ।
तर, सो जग्गामा दुई करोडको लागतमा अस्पतालका लागि भन्दै बनाइएको दुई तले चर्च सञ्चालन गरेपछि दर्ता खारेज गरिएको हो । यसअगाडि सो कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
Facebook Comment
Comment