मनिका बनिन् ओलम्पिकको अन्तिम-१६ मा पुग्ने पहिलो भारतीय टीटी खेलाडी

नेपालभ्युज

मनिका बनिन् ओलम्पिकको अन्तिम-१६ मा पुग्ने पहिलो भारतीय टीटी खेलाडी
तस्वीर स्रोत : फेसबुक

काठमाडौं । भारतकी टेबल टेनिस खेलाडी मनिका बत्राले पेरिस ओलम्पिक २०२४ को अन्तिम-१६ मा स्थान पक्का गरेकी छन् ।

यससँगै मनिका भारतबाट ओलम्पिकको अन्तिम-१६ मा पुग्ने पहिलो टीटी खेलाडी बनेकी छन् ।

सोमबार भएको खेलमा टेबल टेनिसको अन्तिम-३२ को खेलमा मनिकाले फ्रान्सकी प्रिथिका पाभाडेलाई ४–० को सेटले पराजित गरिन् ।

मनिकाले प्रिथिकालाई पहिलो सेटमा ११–९, दोस्रोमा ११–६, तेस्रोमा ११–९ र चौथोमा ११–७ ले पराजित गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved