टीआरसी विधेयकमा तीन दल सहमति निकट पुगेको दाबी

नेपालभ्युज

टीआरसी विधेयकमा तीन दल सहमति निकट पुगेको दाबी

काठमाडौं । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा मुख्य तीन दल सहमति नजिक पुगेको बताइएको छ ।

सोमबार बिहान गृह मन्त्रालयमा बसेको कार्यदलको बैठकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति जुटाएको हो । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक टुङ्गो लगाउन गठित कार्यदलका सदस्य महेश बर्तौलाले टीआरसी विधेयक सहमति निकट पुगेको बताए ।

बर्तौलाले बिहीबारसम्म अहिलेसम्म भएका सहमतिलाई जोडेर प्रतिवेदन तयार पार्ने बताए ।

लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहन नहुने भन्दै तीन दल टीआरसीका विवादित विषयलाई टुंगो लगाउने निचोडमा पुगेको अर्का सदस्य जनार्दन शर्माले बताए ।

तीन सदस्यीय कार्यदलमा कांग्रेसबाट रमेश लेखक सहभागी छन् । कार्यदलको अर्को बैठक बिहीबार बिहान ८ बजे बस्नेछ । यसअघि गएको शुक्रबार पनि संयन्त्रको बैठक बसेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved