गोठालो जाँदा पौडी खेल्न गएका सपना र भावनालाई बगायो खोलाले

नेपालभ्युज

गोठालो जाँदा पौडी खेल्न गएका सपना र भावनालाई बगायो खोलाले

काठमाडौं । दैलेखको महाबु गाउँपालिका ३ बाँसीमा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा दुई बालिकाको मृत्यु भएको छ ।

स्थानीय छामघाट खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा उज्जीर सिंह बुढाकी छोरी वर्ष १६ की सपना बुढा र ललित बुढाकी छोरी अन्दाजी १४ वर्षिया भावना बुढाको ज्यान गएको हो ।

मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दीपेन्द्र मगरातीले शुक्रबार गोठाला गएको समयमा पौडी खेल्ने क्रममा खोलाले बगाएको थियो ।

उनीहरूको शव एक जनाको १ किलोमिटर टाढा भेटिएको र एक जनाको करिब ३ किलोमिटर टाढा भेटीएको छ । दुवै जना मालिका मावि बाँसीमा कक्षा ९ मा अध्ययनरत छात्रा हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved