मिडिया देख्दा सांसद डराउनुपर्ने अवस्था आयो : उपाध्यक्ष घिमिरे

नेपालभ्युज

मिडिया देख्दा सांसद डराउनुपर्ने अवस्था आयो : उपाध्यक्ष घिमिरे

धुलिखेल । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले मिडिया देख्दा सांसद डराउनुपर्ने र भाग्नुपर्ने अवस्था उत्पन्न भएको बताएकी छन् ।

केही सञ्चारमाध्यमले नेताहरूप्रति वितृष्णा फैलाएको उनको आरोप छ । आजकालका मिडिया तथ्यपरक समाचार भन्दा नेताहरूको पछि लागेको घिमिरेको गुनासो छ ।

शुक्रबार धुलिखेलमा आयोजित ‘संघीय संसद् राष्ट्रिय सभाका पदाधिकारी र संचारकर्मीबीच अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रम’मा उनले यस्तो बताएकी हुन् ।

समाचार र पत्रकारले उठाएका विषय, सांसद र संसदीय प्रक्रिया सुधार गर्ने अवसर हुने उनले उल्लेख गरिन् । साथै, उनले जनताबाट नकारात्मक कमेन्ट आउने क्रम बढेको र यस्ता कुरा किन आउँछ रू हामी सांसद भएर गलत पो गरिएछ कि भन्ने भान बढ्न थालेको बताइन् ।

‘मिडियाको दायित्व यो पेसा मात्र होइन, सेवा पनि हो भन्नेतर्फ जानुपर्छ । मिडियाको भूमिका सांसद सरह छ,’ उनले भनिन्, ‘सांसदहरू पत्रकार देख्दा भाग्न डराउने र कतिपय सांसदहरू नजिक हुने र कतिपय तर्केर हिड्ने अवस्था र स्थिती बन्न हुँदैन ।’

उनले मिडियाको केन्द्र र प्राथमिकतामा राष्ट्रिय सभा र यसको गतिविधि पर्न नसकेकोमा पनि गुनासो गरिन् ।

‘प्रतिनिधि सभालाई बढी र राष्ट्रिय सभालाई कम ध्यान र प्राथमिकता दिएको भन्ने गुनासो छ,’ उनले भनिन्, ‘संघीय संसद् भनेको त प्रतिनिधि सभा मात्र होइन होला नि १ दुवै सदनलाई उत्तिकै प्राथमिकता दिनुपर्छ भन्ने मेरो मान्यता हो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved