जाजरकोटमा घर भत्किदा एकै परिवारका आठ जना घाईते

नेपालभ्युज

जाजरकोटमा घर भत्किदा एकै परिवारका आठ जना घाईते

सुर्खेत । जाजरकोटमा वर्षाका कारण घर भत्किँदा ८ जना घाइते भएका छन् । छेडागाड नगरपालिका–१२ काडागाउँका स्थानीय पदम अधिकारीको घर भत्किएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

चार कोठा रहेको एक तले कच्ची घर भत्किँदा घरमा बस्ने ८ जना घाइते भएका हुन् ।

३५ वर्षीय पदम अधिकारी, १० वर्षीय दिनेश अधिकारी, ३० वर्षीया सरिता अधिकारी, १४ वर्षीय नवीन अधिकारी, ६५ वर्षिया भिरकुली अधिकारी, १५ वर्षीया सुजता अधिकारी, १६ वर्षीया संगिता अधिकारी र १४ वर्षीय नवराज अधिकारी घाईते भएका हुन् ।

घाइतेमध्ये घरमै ६ जनालाई जिल्ला अस्पताल जाजरकोट लगिएको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved