बागमतीका मुख्यमन्त्री लामाले गरे मन्त्रिपरिषद् विस्तार

नेपालभ्युज

बागमतीका मुख्यमन्त्री लामाले गरे मन्त्रिपरिषद् विस्तार

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले बिहीबार आफ्नै दल नेपाली कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त गरेका हुन् । जसमा सुरजचन्द्र लामिछाने, प्रभात तामाङ, मीनकृष्ण महर्जन र विमल ठकुरी छन् ।

लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, तामाङलाई आर्थिक मामिला तथा योजना, महर्जनलाई युवा तथा खेलकुद र ठकुरीलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै, बुधवार मन्त्री नियुक्त भएका कुन्दनराज काफ्लेलाई सामाजिक विकास र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved