पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा अर्जेन्टिना र मोरक्कोले बराबरी खेल्दै अंक बाँडे

नेपालभ्युज

पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा अर्जेन्टिना र मोरक्कोले बराबरी खेल्दै अंक बाँडे

काठमाडौं । पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा अर्जेन्टिना र मोरक्कोले बराबरी खेलेका छन् ।

बुधबार राति भएको पहिलो खेलमा अर्जेन्टिना र मोरक्कोले २–२ गोलको बराबरी खेलेका हुन् । यो नतिजासँगै समूह ‘बी’ का दुवै टोलीको एक अंक भएको छ ।

ओलम्पिकको उद्घाटन भोलि शुक्रवार हुने भए पनि फुटबलसहितका केही खेल भने हिजोदेखि शुरु भएको हो । हिजै भएको समूह ’सी’ को खेलमा स्पेनले उज्वेकिस्तानलाई २–१ ले हराएको छ ।

समूह ’ए’ को खेलमा न्यूजिल्याण्डले गिनीलाई २–१ ले हराएको छ । समूह ’सी’ को अर्को खेलमा इजिप्ट र डोमिनिक रिपब्लिकले गोलरहित बराबरी खेलेका छन् ।

यस्तै समूह ’बी’ को इराकले युक्रेनलाई २–१ ले हराएको छ । समूह ’डी’ मा जापानले पाराग्वेलाई ५–० ले हराएको छ । समूह ’ए’ अन्तर्गत आयोजक फ्रान्सले अमेरिकालाई ३–० ले हराएको छ । समूह ’डी’ को मालि र इजरायलले १–१ गोलको बराबरी खेलेका छन् ।

पेरिस ओलम्पिकमा पुरुषतर्फ १६ र महिलातर्फ १२ टोली सहभागी छन् । पुरुषतर्फ चार समूह र महिलातर्फ तीन समूहमा विभाजन गरिएको छ । महिला फुटबलका खेल आजदेखि सुरु हुनेछन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved