दुर्घटनामा परेको सौर्य एअरलाइन्स २१ वर्ष पुरानो, अमेरिका, नाइजेरिया र अफ्रिकापछि ल्याइएको थियो नेपाल

नेपालभ्युज

दुर्घटनामा परेको सौर्य एअरलाइन्स २१ वर्ष पुरानो, अमेरिका, नाइजेरिया र अफ्रिकापछि ल्याइएको थियो नेपाल

काठमाडौं । काठमाडौंबाट पोखरा उड्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको ९एन–एएमई कलसाइन (9N-AME)  रहेको सौर्य एयरलाइन्सको जहाज २१ वर्ष चार महिना मात्रै पुरानो रहेको देखिएको छ ।

जहाजको आयुको हिसाबमा खासै पुरानो नभएको यो विमान मर्मतको लागि पोखरा लगिँदै थियो । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो ।

सी–चेक भन्नाले जहाजका सम्पूर्ण पार्टपुर्जा गहिराइमा गएर चेक तथा मर्मत गरिने भन्ने हो ।

२१ वर्षे उडान यात्रा : क्यानडामा बन्यो, नेपालमा खस्यो !

‘बम्बार्डियर सीआरजे २००’ टाइपको यो एयरक्राफ्ट क्यानडामा सन् २००३ मा निर्माण सम्पन्न भएको हो ।

मे २००३ मा अमेरिकाको एट्लान्टिक कोस्ट एयरलाइन्सले चलाएको यो एअरक्राफ्ट अगस्ट २००४ मा अमेरिकाकै इन्डिपेन्डेन्ट एअरलाइन्सले किनेको थियो ।

तीन वर्षपछि जुन २००७ मा नाइजेरियाको एरिक एअरले किनेको थियो । त्यसको वर्ष दिनपछि सन् २००८ मा अप्रिलमा एसए एक्सप्रेसले जहाज किनेको थियो ।

९ वर्षसम्म एसए एक्सप्रेसले जहाज चलायो ।

त्यसपछि जनावरी २०१७ मा अमेरिकाकै एरोजेल कम्पनीले जहाज किनेको थियो । त्यसको तीन महिनापछि मार्च २०१७ मा नेपालको सौर्य एअरलाइन्सले सो जहाज किनेर नेपाल ल्याएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved