आगोले निस्सासिएर सुत्केरीकाे मृत्यु

नेपालभ्युज

आगोले निस्सासिएर सुत्केरीकाे मृत्यु

सुर्खेत । जुम्लाको पातारासी- ६ बाँताकी एक सुत्केरी महिलाकाे आगो बालेर सुतेको अवस्थामा निश्सासिएर मृत्यु भएको छ। सुत्केरी भएको ११ ओैं दिनमा आगोले सेक्न बालेकाे काेइलाकाे धुवाँमा निश्सासिएर उनको मृत्यु भएकाे हो।

पातासारी -४ माइत भइ -६ मा विहे गरेर सदरमुकामस्थित कालेखाेलीमा बस्दै आएकी २२ वर्षीया मायालक्ष्मी महतारा निश्सासिएर गम्भीर घाइते भएकी थिइन्।

गम्भीर घाइते महतारालाई अस्पताल ल्याउँदा उपचारकाे क्रममा निधन भएकाे उपचारमा संलग्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. विश्व श्रेष्ठले बताए।

‘मृत्युु हुने महिला सुत्केरी भएको १२ दिन भएको थियो,’ उनले भने, ‘धुवाँमा निश्सासिएर मृतक महताराकी बहिनी जुनमाया राेकया र १२ दिने दूधे बच्चा पनि घाइते छन्।’

उनका अनुसार बच्चालाई एनआइसीयूमा राखेर उपचार थालिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved