लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यको दाबी पेस, लीला गिरी भने अनुपस्थित

नेपालभ्युज

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यको दाबी पेस, लीला गिरी भने अनुपस्थित

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनलाई उनले बहुमत हस्ताक्षरसहित दाबी बुझाएका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई आजै मुख्यमन्त्री नियुक्ति गर्ने तयारी गरेका छन् ।  मुख्यमन्त्रीको शपथ ग्रहणका लागि प्रदेश प्रमुखले मंगलबारकै तयारी गर्न अनुरोध गरे पनि कांग्रेसले बुधबार सार्न भनिरहेको छ ।

एमालेका २९ र कांग्रेसका २७ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित ५६ जनाको समर्थनमा आचार्यले दाबी पेस गरेका छन् । लुम्बिनीमा सरकार गठनका लागि ४४ सांसद भए पुग्छ ।

मुख्यमन्त्रीको दाबी पेस गर्ने क्रममा लुम्बिनी एमाले संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री लीला गिरी भने अनुपस्थित भएका छन् ।

गिरीलाई मुख्यमन्त्री बनाउने तयारी भए पनि केन्द्रबाट अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले आचार्यलाई अघि सारेपछि गिरी असन्तुष्ट भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved