आफू सरकारबाट बाहिरिँदा लोकतन्त्र खतरामा पर्छ भन्ने भ्रम त्यागौं : गोकर्ण विष्ट

नेपालभ्युज

आफू सरकारबाट बाहिरिँदा लोकतन्त्र खतरामा पर्छ भन्ने भ्रम त्यागौं : गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले आफू सरकारबाट बाहिरिन साथ लोकतन्त्र र संविधान खतरा पर्छ भन्ने भ्रम त्याग्न माओवादी केन्द्रलाई आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै विष्टले सरकार स्थिर बनाउन दुई ठूला दल मिलेको बताए ।

‘आफू सरकारमा हुँदा लोकतन्त्र जोगिने आफू सरकार बाहिर हुँदा लोकतन्त्रमा खतरा पर्ने यो मान्यताले संविधान र लोकतन्त्र समृद्ध हुन्छ ?’ उनले भने ।

ओली प्रधानमन्त्री बनेपछि जनता आशावादी बनेको उनको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved