न्यूरोडको फुटपाथ विस्तारको विरोध गर्दै स्थानीय फेरि विरोधमा उत्रिए, सयौंको संख्यामा सुरक्षाकर्मी तैनाथ

नेपालभ्युज

न्यूरोडको फुटपाथ विस्तारको विरोध गर्दै स्थानीय फेरि विरोधमा उत्रिए, सयौंको संख्यामा सुरक्षाकर्मी तैनाथ

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुरु गरेको न्युरोडको फुटपाथ विस्तारलाई स्थानीयबासीले अवरोध गरेका छन् । गत बुधबारदेखि पुनः सुरु गरिएको विस्तारको कामलाई स्थानीयले फेरि अवरोध गरेका हुन् ।

फुटपाथ विस्तारको विरोधमा सयौंको संख्यामा स्थानीयबासी उत्रिएपछि सो क्षेत्रमा अहिले ठूलो संख्यामा नेपाल प्रहरी, नगरप्रहरी लगायत सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

स्थानीयको अवरोधकै कारण स्थगित गरिएको फुटपाथ विस्तारको कार्यलाई उच्च अदालतले बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो ।

फुटपाथ विस्तारका लागि यसअघि महानगरपालिकाले भत्काएको सडकको कालोपत्रेलाई सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर पुन सडक पिच गरेको थियो ।

सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।

सोही आदेश बमोजिम महानगरपालिकाले काम थालेपछि न्यूरोडका स्थानीयबासी फेरि विरोधमा उत्रिएका छन् । महानगरले पैदलयात्रीलाई सहज हुने गरि न्यूरोडमा फुटपाथको क्षेत्रफल बढाउन लागेको हो ।

स्थानीयले भने फुटपाथ बढाउदा सवारी आवागमनमा समस्या हुने भन्दै विरोध गर्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved